युनाइटेड दार्जीलिङ र डीएम अफिस विजयी

photocollage_202572323946272

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)–को तत्त्वावधानमा आयोजित त्रिस्तरीय फूटबल लीगमा बुधवार २ वटा म्याच खेलियो। गोर्खा स्टेडियममा खेलिएको पहिलो म्याच (सेकेण्ड डीविजन लीग)–मा डीएम अफिसले युनाइटेड बड़ा पत्ताबोंगविरुद्ध ३–० ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट उमेश राई, पाल्देन तामाङ र निखिल छेत्रीले गोल गरे। यसरी दोस्रो म्याच (प्रीमियर डीविजन लीग)–मा युनाइटेड फूटबल क्लब दार्जीलिङले दार्जीलिङ डायनामोविरुद्ध १–० ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट रोनिक राईले गोल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement