डूरण्ड कप शुरुः ईष्ट बेंगल विजयी

IMG-20250723-WA0155

काेलकत्ता: भारत मात्र नभएर एशियाकै सबैभन्दा पुरानो फूटबल टुर्नामेण्ट डूरण्ड कपको १३४औं संस्करण शनिवारदेखि शुरु भयो। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले टुर्नामेण्टको किक अफ् गरिन्। आज कलकत्ताको युवाभारती क्रीड़ांगणमा खेलिएको टुर्नामेण्टको पहिलो म्याचमा ईष्ट बेंगलले बेंगलुरुको साउथ युनाइटेड एफसी-लाई ५-० ले पराजित गऱ्यो। म्याच सम्पूर्ण रूपले एकतर्फी रह्यो अनि ईष्ट बेंगलले केही सजिलो मौका नगुमाएको भए जीतको अन्तर अझ ठूलो हुने थियो।

विजेता टीमबाट नुंगाले १२औं, साउलले ३८औं, बिपिनले ८०औं, दिमिले ८६औं र महेशले ८९औं मिनटमा गोल गरे। टुर्नामेण्टमा जम्मा २४ वटा टीमले हिस्सा लिइरहेको छ। म्याचहरू पाँचवटा राज्यमा खेलिनेछ, जसमा कलकत्ता, कोकराझार, इम्फाल, शिलंग र जमशेदपुर सामेल छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement