आशारिका फाउण्डेशनद्वारा खरसाङको करवीर निवासी मृगौला रोगीलाई आर्थिक सहयोग

IMG-20250723-WA0144

खरसाङ: आशारिका फाउण्डेशनले खरसाङको कर्बिया चियाबगान निवासी ४० वर्षीय सरोज खवासलाई आर्थिक सहयोग प्रदान गरेको छ। मृगौला प्रत्यारोपण आवश्यक पर्ने गम्भीर अवस्थाका रोगी सरोज खवास आर्थिक अभावका कारण उपचार गराउन असमर्थ छन्।
मजदुरी पेशामा आवद्ध परिवारको अवस्था नाजुक रहेको हुँदा आशारिका फाउण्डेशनले सात हजार रुपियाँ सहयोग प्रदान गरेको छ। उक्त रकम सरोज खवासकी पत्नी र आमालाई हस्तान्तरण गरिएको छ। फाउण्डेशनका सदस्य रूपेश क्षेत्रीले सबैलाई यो कठिन परिस्थितिमा अगाडि आएर सहयोग गर्न आग्रह गरेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement