दार्जीलिङमा भागोप्रमो युवा शक्ति सहर समिति गठन, एलेन छेत्री अध्यक्षमा चयन

IMG-20250723-WA0140

दार्जीलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अन्तर्गत युवा शक्ति केन्द्रीय समितिले दार्जीलिङ शहर समितिको गठन गरेको छ। उक्त समितिमा एलेन छेत्रीलाई अध्यक्ष, नितेश गुरुङलाई मूल सचिव तथा रिमेश मोथेलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ। पार्टी केन्द्रीय अध्यक्ष अनित थापाले नयाँ पदाधिकारीहरूलाई बधाई दिँदै युवा शक्ति पार्टीको ऊर्जा, अनुशासन र नेतृत्वको परिचायक भएको बताएका छन्। उनले भने, “जतिबेला पनि म पछि फर्केर हेर्छु, मेरा युवाशक्तिका जोशिला भाइहरूलाई देख्छु। बीजीबीएम केवल एक राजनीतिक दल होइन, यो पहाडको भविष्य हो।”


युवा सोच र अनुशासनले भरिएको नेतृत्वले दार्जीलिङ सहरमा पार्टीलाई अझ ऊर्जावान रूपमा प्रस्तुत गर्ने विश्वास उनले व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement