दार्जिलिङ: दार्जिलिङस्थित साउथफिल्ड कलेजको शिक्षा विभागले “साइबर अपराध र लागू पदार्थ जागरूकता कार्यक्रम” सफलतापूर्वक आयोजना गर्यो। यस पहलको प्राथमिक उद्देश्य डिजिटल सुरक्षाबारे ज्ञान बढाउनु, विद्यार्थी र शिक्षकहरू दुवैमा जिम्मेवार इन्टरनेट प्रयोगलाई सशक्त बनाउनु रहेका थिए, जसले गर्दा समसामयिक चुनौतीहरूलाई सम्बोधन गर्नु थियो। कार्यक्रममा साउथफिल्ड कलेज शिक्षा विभागबाट सहभागीहरू रहेका थिए भने प्राचार्य डा. अनुराधा राईको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा कानून प्रवर्तनका विशिष्ट वक्ताहरू उपस्थित थिए, जसले साइबर अपराध र लागु पदार्थबारे जागरूकता विकास गराउन बहुमूल्य अन्तर्दृष्टि र विशेषज्ञता प्रदान गरे जसमा देवराज दास, आईपीएस अतिरिक्त एसपी, दार्जिलिङ उज्ज्वल सरकार पुलिस सह अधीक्षक (डीएसपी) दार्जिलिङ टाउन, शुभ्रा सन्याल आईसी सदर पीएस, दार्जिलिङ देबासिस रोय आईसी साइबर पिएस, आदिको उपस्थितिमा सम्पन्न भएको थियो।

प्राचार्य डा. अनुराधा राई, विभागीय प्रमुख, शिक्षा विभाग डा. श्रीकृष्ण सरकार लगायत अन्यको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन साथै स्वागत सम्बोधन डा. प्रतिष्ठा गुरुङले राखेका थिए भने डा. पुनम प्रधानले धन्यवाद ज्ञापन गरेका थिए।