शुभमन गिलद्वारा ईंग्ल्याण्डको समय कटाउने रणनीतिको आलोचना

IMG-20250722-WA0099

म्यानचेष्टर: भारतीय टेस्ट टीमका कप्तान शुभमन गिलले लर्डस टेस्ट म्याचमा ईंग्ल्याण्डका ओपनिंग ब्याटरहरूद्वारा अपनाइएको ढिलो गर्ने रणनीतिको आलोचना गरेका छन्।
गिलको भनाइअनुसार, ईंग्ल्याण्डका ओपनिंग जोड़ी ९० सेकेण्ड ढिलो गरी क्रीजमा आउनु खेल भावनाको अनुरूप थिएन। भारत र ईंग्ल्याण्डबीच ५ वटा म्याचको सीरीजअन्तर्गत चौथो टेस्ट म्याच बुधवारदेखि म्यानचेष्टरको ओल्ड ट्रेफर्डमा खेलिनेछ। सीरीजमा अहिले ईंग्ल्याण्ड २-१-ले अघि रहेको छ।
चौथो टेस्ट म्याचको पूर्वसंध्यामा गिलले तेस्रो टेस्ट म्याचको अवधि भएको विवादमाथि चर्चा गरे। उनले भने, अहिले धेरैले त्यस घटनाबारे कुरा गरिरहेका छन् तर म एउटा कुरा स्पष्ट गर्न चाहन्छु कि ईंग्ल्याण्डका ब्याटरहरूसँग त्यस दिन ७ मिनटको खेल बाँकी थियो अनि उनीहरू ९० सेकेण्ड ढिलो गरी क्रीजमा आए। उनीहरू १० या २० नभएर पूरा ९० सेकेण्ड ढिलो गरी आए। शायद अधिकांश टीमले नै ढिलो गर्ने रणनीति अपनाउँथ्यो होला। त्यस्तो स्थितिमा हामी भएको भए पनि कम्ती ओभर खेल्न रुचाउँथ्यौं तर यस्तो गर्ने पनि तरिका हुन्छ। बलले शरीरमा लागेको भए फिजियोलाई मैदानमा बोलाउने अनुमति हुन्छ। मेरो विचारमा त्यो तरिका सही रहने थियो। उल्लेखनीय छ, लर्ड्स टेस्टको तेस्रो दिन जसप्रीह बुमराहले अन्तिम ओभर गरेका थिए अनि त्यस समय पनि ज्याक क्रलीले समय कटाउन नचाहिँदो कुराहरू गरेका थिए। यसले गर्दा दुई टीमका खेलाड़ीहरूबीच मैदानमा तीखो बहस भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement