ल्याण्ड रिफर्म युनाइटेड र माउण्ट हार्मोन एफसी-को जीत

photocollage_202572223480401

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए) को तत्त्वावधानमा आयोजित त्रिस्तरीय फूटबल लीगमा मंगलवार २ वटा म्याच खेलियो। दुवै म्याच दावा माईला डुक्पा मेमोरियल सेकेण्ड डीविजन लीगको थियो। गोर्खा स्टेडियममा खेलिएको पहिलो म्याचमा ल्याण्ड रिफर्म युनाइटेडले लेबोंग लायन्स रोर-विरुद्ध ४-३-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट नुगम सुब्बाले २ गोल गरे। यसबाहेक बिशु थामी र राकेश बीकेले १-१ गोल गरे। लेबोंग लायन्स रोर-को तर्फबाट सागर तामाङले २ र उज्जवल राईले १ गोल गरे। दोस्रो म्याचमा माउण्ट हार्मोन एफसी-ले टाउन युनाइटेड एफसी-विरुद्ध ४-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट सिद्धान्त राई, जोसेफ प्रधान, प्रणीत तामाङ र अभिनव तामाङले १-१ गोल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement