नाम्ची आईपीआर कार्यालय परिसरमा सफाई अभियान

IMG-20250722-WA0093

नाम्ची: स्वच्छ भारत अभियानअन्तर्गत सरसफाइ कार्यलाई निरन्तरता दिँदै , आज नाम्चीस्थित आईपीआर कार्यालय परिसरमा व्यापक सफाई अभियान सञ्चालन गरियो। आईपीआर नाम्चीका सबै कर्मचारीहरूले ठूलो उत्साहका साथ यस गतिविधिमा भाग लिएका थिए। टोलीले सामुहिक रूपमा परिसरको झारपात हटाउने र सफाई गर्ने काम गरेको थियो। जसले कार्यालय वरिपरि सफा राख्नमा महत्वपूर्ण सहयोग पुऱ्याएको छ। यस पहलले कार्यस्थलभित्र सरसफाइ र पर्यावरणीय जिम्मेवारी प्रवर्द्धन गर्ने कर्मचारीहरूको समर्पणलाई प्रतिबिम्बित गरेको छ। यसभन्दा अघि पनि आईपीआरले आफ्नो कार्यालय परिसरमा धेरैपल्ट सफाई अभियान चलाउँदै आएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement