गान्तोक: राष्ट्रीय किशोर स्वास्थ्य कार्यक्रमअन्तर्गत सिक्किम सरकारको स्वास्थ्य एवं परिवार कल्याण विभागले प्रोजेक्ट इन्सपायर्ससितको सहकार्यमा स्कूल स्वास्थ्य तथा कल्याण कार्यक्रमअन्तर्गत निजी विद्यालयका स्कूल स्वास्थ्य तथा कल्याण राजदूतहरूका लागि चार दिने कार्यशाला आजदेखि बुर्तुकस्थित सेक्रेट-को प्रेक्षागृहमा आरम्भ भएको छ। कार्यशालाको उद्घाटन समारोहमा स्कूल शिक्षा सचिव टाशी छोपेल मुख्य अतिथि रहेका थिए।
कार्यशालामा निजी विद्यालयका शिक्षकहरूलाई मुख्यतया ११ विषयगत क्षेत्रहरूमा केन्द्रित जीवन कौशलमा तालिम दिनेछ जसले पछि आ-आफ्नो विद्यालयमा स्वास्थ्य र कल्याण राजदूतको रूपमा काम गर्नेछन्। कार्यशालाका प्रमुख स्रोत वक्ताहरूमा सिक्रेट र डाइटा शिक्षकहरू रहेका छन्।