गान्तोकमा युवको हत्या, हत्याराले गरे आत्मसमर्पण

IMG-20250722-WA0090
गान्तोक: पछिल्ला समय राजधानी गान्तोकमा अपराधिक घटनाक्रम बढ़ेर गएको छ। यसै क्रममा हिजो राति स्थानीय तादोङ, कृषि भवन नजिक एउटा हत्याको घटना प्रकाशमा आएको छ। घटनामा एकजना ३० देखि ३५ वर्ष उमेर भएका युवकको हत्या भएको छ भने स्थानीय पेमा ग्याल्पो लादिङपालाई पुलिसले पक्राउ गरेको छ। उनीमाथि युवकलाई छुरी रोपेर हत्या गरेको आरोप छ। मृतक युवकको परिचय मूलरुपमा दार्जीलिङको लेबोङ निवासी क्याण राईको रुपमा खुलेको छ।
समाचार लेखुञ्जेल हत्याको कारण एवं अन्य जानकारी पाउन सकिएको छैन। वन विभागका पूर्व अधिकारी आरोपी पेमा ग्याल्पो लादिङपाले युवकको कथित रुपमा हत्या गरेपछि पहिले तादोङ आउटपोस्ट अनि पछि सदर थानामा आत्मसमर्पण गरेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement