गान्तोकमा ब्राउन सुगरसहित युवती पक्राउ

IMG-20250722-WA0086

गान्तोक: निक्कै ठूलो मात्रामा कथित ब्राउन सुगरसँगै गान्तोक सदर पुलिसले एकजना २४ वर्षीय युवतीलाई पक्राउ गरेको छ। पुलिस सूत्रबाट प्राप्त जानकारीअनुसार नशालु पदार्थसहित युवती स्थानीय पानी हाउसस्थित एउटा होटलमा कोठा लिएर बसेकी थिइन्। विश्वस्त सूत्रबाट प्राप्त जानकारीको आधारमा सदर पुलिसले महिला अधिकारीहरूको नेतृत्वमा राति होटलको कोठा नम्बर १०३मा छापा मारेको थियो।
छापामारीमा आरोपी महिलाको अधीनबाट पुलिसले ब्राउन सुगर भनी आशङ्का गरिएको खैरो रङ्गको पदार्थ भएको तीनवटा पोलिथिन ब्याग फेला पारेको थियो। ती ब्यागहरूमा क्रमैले जम्मा ४९.२४ ग्रामको १७ वटा, २९.६६ ग्रामको २१ वटा र ०.५४ ग्रामको एउटा पाउच थियो जसमा ती कथित ब्राउन सुगर राखिएको थियो।
पुलिसले एनडीपीएस एक्ट १९८५ र साडा एक्ट २००६का सम्बन्धित धाराहरू लगाएर आरोपी युवतीलाई पक्राउ गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement