गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खरसाङ ब्राञ्च कमिटीद्वारा शहीद दिवस पालन गरिने

IMG-20250722-WA0074

खरसाङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खरसाङ ब्राञ्च कमिटीद्वारा आगामी २७ जुलाईमा शहीद दिवस पालन गरिने भएको छ। यस सन्दर्भमा खरसाङ ब्राञ्च कमिटीको प्रचार–प्रसार सचिव भुपेन्द्र गुरुङले खरसाङ ब्राञ्च कमिटीका पाँचवटा समष्टिमा अवस्थित शहीद वेदीहरुमा श्रद्धाञ्जली समारोहको आयोजना गरिने जानकारी गराएका छन्। भुपेन्द्र गुरुङ अनुसार प्रत्येक समष्टिमा उपस्थित गोरामुमोका स्थानीय नेतृत्व, भातृ संगठनका सदस्यहरू तथा पार्टी कार्यकर्ताहरूले आ–आफ्नो स्थानमा भेला भई शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सम्मान जनाउने छन्। यसै गरी गोर्खा राष्ट्रिय मुक्ति मोर्चा सोनादा टाउन कमिटीद्वारा सोनादा बजारस्थित शहीद टाँशी भोटियाको शहीद वेदीमा पनि विशेष श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिने बताइएको छ। भुपेन्द्र गुरुङले सम्पूर्ण गोरामुमो नेतृत्ववर्ग, भातृ संगठन अनि कार्यकर्ताहरुले २७ जुलाईको दिन शहीदहरूलाई स्मरण गर्दै श्रद्धा प्रकट गर्न आ–आफ्नो समष्टिमा सहभागिता जनाउन हार्दिक अपिल गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement