खरसाङ: तीनधारेको क्रिकेट बजारस्थित रामेश्वर शिवालय मन्दिरमा महिनाव्यापी सावनको पूजा र रुद्री पाठ चलिरहेको छ। तीनधारेको रामेश्वर शिवालय मन्दिरमा सावनको महिनाव्यापी शिवको पूजा र रूद्री पाठ चलिरहेको छ। यसपाली २२औं रुद्री पाठ रहेको र यो २००३ देखि वार्षिक रुपमा लगातार रुपमा चलिरहेको र यो सावन महिनाभरि चल्ने बताइएको छ। उक्त महिनाव्यापी सावनको पूजा एवं रुद्री पाठ रामेश्वर शिवालय मन्दिरको पण्डित राजेन निरौलाको अगुवाईमा आयोजनामा भईरहेको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै रामेश्वर शिवालय मन्दिर सुधार समितिको सचिव विनयकुमार छेत्रीले सन् १९५४ मा स्थापित तीनधारेको क्रिकेट बजारस्थित रामेश्वर शिवालय मन्दिरमा प्रत्येक वर्ष झैं यसपाली पनि महिनाव्यापी सावनको शिव पूजा एवं महिनाव्यापी रुद्री पाठको आयोजना गरिएको बताएका छन्। उनले यसपालीदेखि मन्दिर जीर्णोद्धारको लागि कार्य चलिरहेको र कसैको पनि नाममा सहयोग गर्न निवेदन गरेका छन्। उनले यस महिनाव्यापी सावनको पूजाको अवसरमा सबैको भलो होस् र सबैको राम्रो भएको होस् भनी बताएका छन्।