क्यामरुनका ३ जना फूटबलर पक्राउ

1753187924297

पानीघट्टा(दार्जीलिंग): अफ्रिकी देश क्यामरुनका ३ जना फूटबलरलाई पक्राउ गरिएको छ। यी ३ जना फूटबलर गत केही सालदेखि उत्तर बंगाल र सिक्किमका विभिन्न फूटबल टुर्नामेण्टहरूमा खेल्दै आएका थिए। यी ३ जना फूटबलरलाई हालै पानीघट्टामा जारी एउटा फूटबल टुर्नामेण्टमा खेलिरहेको देखिएको थियो। भारत-नेपाल सीमावर्ती क्षेत्र खर्बनीमा रहेको ८ बटालियन सशस्त्र सीमा बल (एसएसबी) ले यी विदेशी फूटबलरहरूलाई पक्राउ गऱ्यो।

प्राप्त जानकारी अनुसार, यी सबै फूटबलरको वीजाको समयसीमा समाप्त भइसकेको छ। यी फूटबलरहरूलाई पानीघट्टा पुलिस आउट पोस्टमा हस्तान्तरित गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement