खरसाङ: भारतको राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षक क्रिस्पिन छेत्रीलाई कञ्चनजङ्घा फुटबल क्लब (केएफसी) द्वारा सम्मान जनाइएको छ। फुटबल खेलमा मनग्गै छाप छोड्ने खरसाङ निवासी क्रीस्पिन छेत्री हाल भारतको राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षक भएर भारतीय महिला फुटबल टिमलाई एशिया कपको लागि क्वालिफाइ गराउन सफल बनेका छन्। उनको फुटबलप्रतिको योगदानको कदर गर्दै मंगलबार स्थानीय सुकना इला पाल स्कूलको खेल मैदानमा कञ्चनजङ्घा फुटबल क्लब (केएफसी) सिलगढीद्वारा स्वागत जनाउँदै क्रीस्पिन छेत्रीलाई सम्बर्ध्दना जनाइएको छ। क्रीस्पिन छेत्रीकोको अगुवाइमा भारतको महिला फुटबल टिमले एएफसी महिला फुटबल टुर्नामेन्टको निम्ति क्वालिफाइ गरेको छ यो सराहनीय कुरा रहेको छ। भारतीय महिला फुटबल टिमको मुख्य प्रशिक्षक जस्तो गरिमामय पदमा क्रीस्पिन छेत्री आसिन हुनु सम्पूर्ण पहाड तराई र डुवार्सवासीको निम्ति गर्वको रहेको बताउँदै केएफसीको पक्षबाट उपाध्यक्ष एलके राईले क्लबको तर्फबाट खदार्पण गरी सम्मान जनाए भने सह सचिवद्वय बिजय लिम्बू र शिवकुमार राई तथा चिफ् कोच दिनंकर छेत्री, आशिष प्रधान, कर्णेल डीके सुब्बाले सयपत्री फूलको माला पहिराएर क्रीस्पिन छेत्रीलाई सम्मान जनाएका छन् त्यसरी नै टेकनिकल कमिटीबाट क्रमैले कप्तान एचके लामा, कप्तान एसडी तामाङ, मदन राणा र पीसी थुलुङले खदार्पण गरेर क्रीस्पिन छेत्रीलाई सम्मान जनाए भने क्लबका खेलाडीहरु क्रमैले अमिर लामा, निवाङ तामाङ, राम राई, अनित राई अनि अन्य खेलाडीहरुले पनि क्रीस्पिन छेत्रीलाई खदार्पण गरेर सम्मान जनाएका छन्। त्यसरी नै क्लबका अध्यक्ष अन्जु शेर्पाको बाहुलीबाट सम्वर्ध्दना पत्र प्रदान गरेर सम्बर्ध्दना जनाइएको छ।यस अवसरमा सुरेन प्रधानले सबैलाई स्वागत जनाए भने क्रीस्पिन छेत्री बारेमा संक्षिप्तमा परिचय राखेका थिए। क्लबका चिफ कोच दिनकर छेत्रीले क्रीस्पिन छेत्रीको हिजको दिन र आजको दिन बारेमा विस्तृत रूपमा जानकारी गराएका छन्।

क्लबका उपाध्यक्ष एलके राईले पनि आफ्नो छोटो सम्बोधनमा क्लबका केटाहरुले भाइ क्रीस्पिनलाई हेरेर प्रेरणा लिनु पर्छ भनी बताए। क्लबका टेक्निकल इन चार्ज कप्तान एचके लामाले क्रिस्पिन क्रिस्पिन छेत्रीलाई भेटेर सम्मान जनाउन पाउँदा हर्षित भएको कुरो बताए। क्लबका अध्यक्ष अन्जु शेर्पाले पनि क्रीस्पिन छेत्रीको उपलब्धिबारे हर्ष ब्यक्त गर्दै आगामी दिनमा अझ धेरै सुनाम फैलिन सकोस भनी शुभकामना व्यक्त गरेका छन्। उक्त सम्मानपछि क्रीस्पिन छेत्रीले यसरी सम्मान पाएकोमा हर्ष ब्यक्त गर्दै आगामी दिनमा के कसरी हुन्छ यस भेगका नानीहरूलाई सबै मिलेर अघि बडाउन सकौण र केएफसीको नानीहरूले आज जुन सुविधाहरु पाईरहेको छ अनि वर्षैभरि ट्रेनिङ पाईरहेको छ यसको लाभ उठाउन सक्नुपर्छ भनी बताएका छन्।











