म्यानचेष्टर: ईंग्ल्याण्डले भारतविरुद्ध २३ जुलाईदेखि म्यानचेष्टरमा हुने चौथो टेस्ट म्याचको निम्ति आफ्नो अन्तिम एकादश घोषित गऱ्यो। ईंग्ल्याण्डले यस म्याचको निम्ति टीममा एउटा फेरबदल गरेको छ। चोटग्रस्त अफ् स्पिनर शोएब बशीरको स्थानमा लियाम डसनलाई मौका दिइएको छ। यसरी डसनले ८ सालपछि ईंग्ल्याण्डको निम्ति कुनै टेस्ट म्याच खेल्नेछन्। उनले अन्तिमपल्ट २०१७-मा टेस्ट म्याच खेलेका थिए। ईंग्ल्याण्ड अहिले ५ वटा टेस्ट म्याचको सीरीजमा २-१-ले अघि रहेको छ। ईंग्ल्याण्डले सीरीजको पहिलो र तेस्रो टेस्ट म्याच जितेको छ। यसरी भारतले बर्मिंघममा खेलिएको दोस्रो टेस्ट म्याच जितेको थियो। स्पिनर बशीर देब्रे हातको औंलीमा लागेको चोटले गर्दा पूरा सीरीजबाट बाहिर भएका छन्। उनलाई तेस्रो टेस्ट म्याचको अवधि चोट लागेको थियो। लर्ड्स टेस्ट म्याचमा बशीरले नै भारतको अन्तिम विकेट हासिल गरी ईंग्ल्याण्डलाई जीत दिलाएका थिए।
चोटले गर्दा बशीर बाहिर हुँदा ३५ वर्षीय डसनलाई मौका प्राप्त भयो। राष्ट्रिय टीममा फर्किन अघि उनले काउण्टी क्रिकेटमा असाधारण प्रदर्शन गरेका थिए। डसनले अहिलेसम्म ३ वटा टेस्ट म्याच खेलेर ७ विकेट लिनको साथै ८४ रन बनाएका छन्। उनको सर्वश्रेष्ठ स्कोर अविजित ६६ रन रहेको छ। यसबीच भारतीय टीमको लक्ष्य सीरीजमा फर्किने रहेको छ कारण चौथो टेस्टमा हारले सीरीज ईंग्ल्याण्डको झोलीमा जानेछ। भारतको निम्ति म्यानचेष्टरको चुनौती सजिलो चाहिँ हुनेछैन। भारतले अहिलेसम्म म्यानचेष्टरको ओल्ड ट्रेफर्डमा ९ वटा टेस्ट म्याच खेलेर एउटा म्याच पनि जितेको छैन। यसमा ईंग्ल्याण्डले ४ वटा टेस्ट जितेको छ भने अन्य ५ वटा टेस्ट ड्र रहेको छ। यसरी भारतसँग यस ड्र र हारको क्रमलाई तोड़्ने असल मौका हुनेछ अनि म्यानचेष्टरमा जीतले सीरीजको रोमाञ्च चरममा पुग्नेछ।
भारतविरुद्ध चौथो टेस्ट म्याचको निम्ति ईंग्ल्याण्डको अन्तिम एकादश यसप्रकार छः
ज्याक क्रली, बेन डकेट, ओली पोप (उपकप्तान), जो रुट, ह्यारी ब्रूक, बेन स्टोक्स (कप्तान), जेमी स्मिथ (विकेटकीपर), लियाम डसन, क्रिस वोक्स, ब्रायडन कार्स, जोफ्रा आर्चर।










