अलराउण्डर वाशिंगटन सुन्दरले छैटौं नम्बरमा खेलाउने पूर्व प्रशिक्षक शास्त्रीको परामर्श

IMG-20250722-WA0007

म्यानचेष्टर: पूर्व मुख्य प्रशिक्षक रवि शास्त्रीको भनाइअनुसार, वाशिंगटन सुन्दरमा भारतीय टीमको निम्ति भविष्यको दिग्गज टेस्ट अलराउण्डर बन्ने क्षमता रहेको छ कारण उनी घरेलु परिस्थितिहरूमा असल बलिंग प्रदर्शनको गर्नको साथै नैसर्गिक रूपले प्रतिभाशाली ब्याटर पनि हुन्। अष्ट्रेलियाविरुद्ध २०२१-मा ब्रिसबेनमा टेस्ट क्रिकेटमा पदार्पण गर्ने २५ वर्षीय अफ् स्पिनर वाशिंगटनले त्यसपछि यस प्रारूपमा अधिक मौका पाएका छैनन्। उनले अहिलेसम्म ११ वटा टेस्ट म्याच खेलेर ५४५ रन बनाउनको साथै ३० विकेट लिएका छन्। शास्त्रीले द आईसीसी रिभ्यू-मा भने, मलाई शुरुदेखि नै वाशिंगटनको खेल मन पर्छ। पहिलोपल्ट देख्दा नै मैले उनलाई असाधारण खेलाड़ी बताएको थिए अनि उनमा धेरै सालसम्म भारतको निम्ति स्तरीय अलराउण्डर बन्ने क्षमता रहेको छ। शास्त्रीको भनाइअनुसार, वाशिंगटनले विशेषगरी भारतको टर्निंग पीचहरूमा रातो बलको साथ अधिक म्याच खेल्नु पर्नेछ। उनी भन्छन्, अहिले उनी केवल २५ सालका छन्। मेरो विचारमा उनले अझ धेर टेस्ट म्याच खेल्नु पर्नेछ। भारतको पीचहरूमा उनी घातक साबित हुन सक्छन्। न्यूजील्याण्डविरुद्ध सीरीजमा उनले त्यसको एक झलक देखाएका थिए। उनले केही सीनियर स्पिनरहरूभन्दा असल प्रदर्शन गरेका थिए। यसको साथमा उनी असल ब्याटर पनि हुन्।
वाशिंगटनले न्यूजील्याण्डविरुद्ध २०२४-को घरेलु टेस्ट सीरीजमा ४ वटा ईनिंग्समा १६ विकेट लिएका थिए। शास्त्रीले उनको ब्याटिंग क्षमताको पनि प्रशंसा गरेका छन्। शास्त्रीले भने, उनी नैसर्गिक रूपले प्रतिभाशाली ब्याटर हुन्। उनी ब्याटिंग क्रममा आठौं नम्बरमा खेल्ने ब्याटर होइनन्। उनलाई चाँड़ै छैटौं नम्बरमा ब्याटिंग गर्नु पठाउनु पर्नेछ। आठौं नम्बरमा खेल्न पठाएर उनको प्रतिभासँग न्याय भइरहेको छैन। शास्त्रीको भनाइअनुसार, वाशिंगटनको ब्याटिंंग तक्निक राम्रो छ अनि उनी विदेशी परिस्थितिहरूमा पनि सफल हुन सक्छन्। उनले भने, एकपल्ट आत्मविश्वास हासिल गरिसकेपछि उनको खेलमा अझ निखार आउनेछ। उनले विदेशमा पनि आफ्नो फर्मलाई कायम राख्न सक्नेछन्। उनी फिट खेलाड़ी हुन् अनि लामो स्पेलमा बलिंग गर्न सक्छन्। उनको बलिंगमा असल नियन्त्रण पनि रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement