यूएस ओपनबाट नाम फिर्ता लिइन् झेंग किनवेनले

IMG-20250722-WA0005

नयाँ दिल्ली: ओलम्पिक स्वर्ण पदक विजेता झेंग किनवेनले सालको अन्तिम ग्राण्ड स्ल्याम यूएस ओपन टेनिस टुर्नामेण्टबाट नाम फिर्ता लिएकी छन्। झेंग कुहिनाको चोटसँग जुझिरहेकी छन्। यस चोटले गर्दा नै उनले टुर्नामेण्टबाट नाम फिर्ता लिएकी छन्। यूएस ओपन २४ अगस्तदेखि शुरु हुनेछ। चीनकी यस २२ वर्षीय खेलाड़ीले २ दिन अघि दाहिने कुहिनाको चोटबाट मुक्ति पाउन अर्थोस्कोपिक सर्जरी गराएको घोषणा गरेकी थिइन्। विश्व ऱ्याङकिंगमा छैटौं स्थानमा रहने झेंग गत महिना विम्बल्डनको पहिलो राउण्डमै पराजित भएकी थिइन्। झेंगले भनिन्, चोट निको हुन अझ केही महिना समय लाग्नेछ। यसैकारण म यूएस ओपनमा हिस्सा लिन नसक्ने सुनिश्चित गर्न चाहन्छु। यूएस ओपनको आयोजकहरूले उनको स्थानमा फ्रान्सकी लेओललिया जीनजीनलाई मुख्य ड्र-मा सामेल गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement