सन्त मेरिज ग्राम पंचायत-१ क्षेत्रमा स्वच्छ भारत मिशनको विशेष कार्यक्रम सम्पन्न  

स्वच्छ भारत मिशनको कार्यक्रममा बोल्दै सन्त मेरिज ग्राम पंचायत-१ का सचिव सन्तोषराज छेत्री साथमा स्वच्छ भारत मिशनकी कोअर्डिनेटर दिपा शर्मा, डाटा एन्ट्री ओपरेटर रोशन छेत्री l

खरसाङ: फोहोरमैला समग्र विश्वकै निम्ति थप समस्या भएको छl यसको सठिक व्यवस्थापनको निम्ति यता भारतमा सरकारले स्वच्छ भारत मिशनको कार्यक्रम चलाउँदै आइरहेको छl यता दार्जीलिङ पहाडी भेक पनि अव्यवस्थित फोहोरमैलाको समस्यासित जुझिरहेको छl अव्यस्थित फोहोरमैलालाई व्यवस्थित गराएर पहाडलाई फोहोरमुक्त बनाउन स्वच्छ भारत अभियानको कार्यक्रम चलिरहेको छl यसै सिलसिलामा १८ सेप्टेम्बर आइतबार खरसाङ क्षेत्रको सन्त मेरिज ग्राम पंचायत-१ क्षेत्रमा विशेष कार्यक्रम सम्पन्न भयोl यस कार्यक्रममा सन्त मेरिज ग्राम पंचायत-१ का पंचायत सचिव सन्तोषराज छेत्री, स्वच्छ भारत मिशनकी कोअर्डिनेटर दिपा शर्मा, डाटा एन्ट्री ओपरेटर रोशन छेत्री अनि साथमा गैर सरकारी संस्था लेट्स गो फाउन्डेसनको सहभागिता रहेको थियोl       

 

गाउँमा निरीक्षण गर्दै लेट्स गो फाउन्डेसनका सदस्यहरुका साथमा सन्त मेरिज ग्राम पंचायत-१ का सचिव सन्तोषराज छेत्री साथमा स्वच्छ भारत मिशनकी कोअर्डिनेटर दिपा शर्मा, डाटा एन्ट्री ओपरेटर रोशन छेत्री l

पहाडलाई फहोरमैलामुक्त बनाउन मिरिकबाट गठन भएको लेट्स गो फाउन्डेसनले विशेष अभियान शुरु गरेको छl यता खरसाङ बजादेखि करिब आठ किलोमिटर टाडोमा रहेको सिपाहीधुरा क्षेत्रमा लेट्स गो फाउन्डेसनको शाखाले फोहोरमैला व्यवस्थापनलाई लिएर काम गरिरहेको छl पंचायतका सचिव सन्तोषराज छेत्रीले बताएअनुसार अहिले स्वाच्छ भारत अभियानको कार्य दोस्रो चरणमा चलिरहेको छl यस कार्यक्रमअन्तर्गत फोहोरमैलालाई सुव्यवस्थित गराउने कार्य भइरहेको उनले बताएका छन्l यसै कार्यलाई अझ बृहत रुपमा अघि बढाउन सो क्षेत्रमा लेट्स गो फाउन्डेसनलाई प्रवर्द्धन गर्ने र सो क्षेत्रमा मोडेल भिलेज बनाउने लक्ष्य रहेको उनको भनाइ छl

आइतबार सम्पन्न भएको कार्यक्रममा सिपाहीधुरासित संलग्न रहेको मार्गरेट्स होप चियाबगानका क्षेत्र, सिपाहीधुराका डाँडा गाउँ, आनन्द गाउँ, भोटे बस्ती, राई गाउँ, कोप्चे गाउँतिर भ्रमण गरेर निरीक्षण गरेको लेट्स गो फाउन्डेसन सिपाहीधुरा शाखाकी संयुक्त सचिव शलाखा थापाले बताएकी छिन्l यसमा लेट्स गो फाउन्डेसनका सदस्यहरु साथमा थिएl शलाखा थापाले बताएअनुसार सो क्षेत्रहरु लगायत राष्ट्रिय राजमार्ग ५५ मा फोहोरमैला व्यवस्थापनको लागि ७३ वटा डस्टबिनहरु फाउन्डेसनले राखेको छl हप्तामा एक दिन यसबाट कुहिने, नकुहिने प्लास्टिकहरु र अन्य किसिमका फोहोरहरु छुट्याउने काम फाउन्डेसनका सदस्यहरुले गर्छन्l यस कार्यमा कुहिने किसिमका प्लास्टिक र नकुहिने किसिमका मल्टिलेयर प्लास्टिक पनि छुट्याउने कार्य हुन्छl मल्टिलेयर प्लास्टिकहरुलाई प्लास्टिककै बोतलमा खाँदेर इको ब्रिक बनाउने कार्य पनि फाउन्डेसनले गरिरहेको छl यस्तै नविनतम कार्यहरुलाई हेरेर सन्त मेरिज ग्राम पंचायत-१ ले लेट्स गो फाउन्डेसनलाई प्रवर्द्धन गर्ने जमर्को कसेको छl फाउन्डेसनको कार्यालयमा फोहोर व्यस्थापनलाई लिएर विशेष चर्चा-परिचर्चाको कार्यक्रम सम्पन्न भएको थियोl             

कार्यक्रममा लेट्स गो फाउन्डेसनक सदस्यहरु l

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement