चितुवाको आक्रमणपछि टिम्बुरबोङमा त्रास

IMG-20250721-WA0144

गेजिङ: पश्चिम सिक्किमको गेजिङ जिल्लाअन्तर्गत अप्पर टिम्बुबोङमा आज बिहान चितुवाले गाउँमा पालेका जनावरहरुमाथि आक्रमण गरेपछि स्थानीय बासिन्दाहरूमा त्रास फैलिएको छ। उक्त आक्रमणमा मरेको बाख्रा स्थानीय बासिन्दा एलपी दाहालको हो भन्ने पुष्टि भएको छ। उक्त खबर पाएपछि घटनास्थलमा पुगेको पञ्चायत सदस्य कमल भट्टराईले हालसालै सो क्षेत्रमा चितुवा देखिने घटनामा वृद्धि आएको बताए। उनको अनुसार, यो पहिलो घटना होइन, पछिल्ला केही हप्तादेखि वन्यजन्तु बस्ती नजिकै देखिन थालेका छन् र केही गाईबस्तु हराइसकेका छन्। स्थानीय बासिन्दाहरूले अब सुरक्षाको माग गर्न थालेका छन्। उनीहरूको भनाइ के छ भने, रातको समयमा चितुवा बस्तीतिर पसेर पाल्तु जनावरहरू उठाएर लैजाने घटना बढ्दै गएको छ। यसरी चितुवाबाट भयभित बनेका गाउँलेहरुले वन विभाग तथा सम्बन्धित निकायहरूलाई यथाशीघ्र उचित कदम चाल्ने आग्रह गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement