गान्तोक: सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चाको नारी शक्तिले हालै राज्य सरकारका विभिन्न पदमा नियुक्त भएका नारी जनप्रतिनिधिहरूलाई बधाई एवं शुभकामनाको साथमा सम्मान जनायो। राजधानीको एउटा होटलमा सम्पन्न कार्यक्रममा नवनियुक्त नारी ओएसडी, अध्यक्ष र सल्लाहकारहरूलाई सम्मानसँग स्वागत जनाइयो। कार्यक्रमलाई नारी शक्तिकी उपाध्यक्ष प्रभारी छिरिङ पाल्देन भोटियाले अध्यक्षता गरेकी थिइन्।
कार्यक्रमलाई सम्बोधन गर्दै नवनियुक्त नारी ओएसडी, अध्यक्ष अनि सल्लाहकारहरूले आफूहरूलाई प्रदान गरिइएको अवसरको निम्ति एसकेएम अध्यक्ष तथा मुख्यमन्त्री प्रेमसिंह तामाङ प्रति आभार व्यक्त गरे।










