श्रवणकुमार पुरस्कार चयनलाई लिएर अन्तिम तयारी

IMG-20250721-WA0142

गेजिङ: १५ अगस्तको दिन प्रदान गरिने श्रवणकुमार पुरस्कार वितरणको तयारीलाई लिएर आज गेजिङ जिल्लापाल कार्यालयमा एक महत्वपूर्ण सभा सम्पन्न भयो। जिल्ला पञ्चायत अध्य क्ष डीएस लिम्बूले अध्यक्षता गरेको सभामा जिल्लापाल तेन्जिङ डी डेन्जोङ्पा, जिल्ला पुलिस अधीक्षक छिरिङ शेर्पा, अतिरिक्त जिल्लापाल सुरतकुमार गुरुङ, चोंग्राङका ग्राम विकास अधिकारी गीता कुमारी गुरुङ, गेजिङ जिल्ला कल्याण अधिकारी रोशन शर्मा, . पञ्चायत निरीक्षकहरू तथा विभिन्न विभागका अधिकारीहरूको उपस्थिति रहेको थियो। सभामा श्रवणकुमार पुरस्कारको मनोनयन प्रक्रिया, मापदण्ड, प्रमाणिकरण प्रणाली, र कार्यक्रम व्यवस्थापनसम्बन्धी विविध पक्षमा छलफल गरिएको थियो। श्रवणकुमार राज्यका ती सुपुत्र सुपुत्रीहरूलाई अर्पण गरिन्छ जसले आफ्ना आमाबाबुप्रति अतुलनीय सेवा, माया र समर्पण देखाएका छन्। भारतीय पौराणिक पात्र श्रवणकुमारबाट प्रेरित यस पुरस्कारले विशेष गरी आर्थिक रूपले कमजोर पृष्ठभूमिका युवाहरूमा कर्तव्य, श्रद्धा र पारिवारिक उत्तरदायित्वका मूल्यहरू सुदृढ गर्ने प्रयास गर्दै आएको छ। उक्त पुरस्कार ग्रामीण प्रबन्धन तथा विकास विभाग र सामाजिक कल्याण विभागको संयुक्त व्यवस्थापनमा प्रदान गरिन्छ। दुई विभागले संयुक्त रूपमा चयन प्रक्रिया पूरा गरी पुरस्कारको लागि मनोनित गर्दछ। कार्यक्रममा जिल्लापाल डेन्जोङ्पाले पुरस्कारको सांस्कृतिक र नैतिक महत्त्वबारे चर्चा गर्दै समाजमा करुणा र आदरभाव विकास गर्ने दिशातर्फ यो पुरस्कार प्रेरक बन्ने विश्वास व्यक्त गरे। साथै, उनले सबै विभागहरूलाई परस्पर समन्वय गर्दै कार्यक्रमको मर्यादा र गरिमा कायम राख्ने आह्वान बैठकले गरेको थियो। यसअघि अतिरिक्त जिल्लापाल गुरुङले पुरस्कारका लागि सटीक उम्मेद्वारको चयनका लागि सरकारद्वारा जारी निर्देशनबारे विस्तृत जानकारी गराएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement