सिक्किमका २५ सदस्यीय युवा टोली कुरुक्षेत्र प्रस्थान

IMG-20250721-WA0141

गान्तोक: सिक्किम सरकारको खेलकुद एवं युवा मामिला विभागले भारत सरकारको युवा मामिला मन्त्रालयको सहयोगमा २५ सदस्यीय युवाहरूको प्रतिनिधि मण्डललाई हरियाणाको लागि प्रस्थान गराएको छ। हरियाणा सरकारद्वारा कुरुक्षेत्रमा २३ देखि २५ जुलाईसम्म आयोजन गरिएको अन्तर-राज्य विनिमय कार्यक्रममा सहभागिता जनाउन टोली प्रस्थान भएको हो। आय पाल्जोर स्टेडियममा आयोजित एउटा कार्यक्रममा सम्बोधन राख्दै मेरो भारत का उपनिदेशक तथा प्रतिनिधिमण्डलका नोडल अधिकारी मंगल जाखरले सहभागीहरूलाई कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै सिक्किमको संस्कृति, ऐतिहासिक यात्रा, सिक्किमको धरोहर र राज्य स्थापनाको ५० वर्षको उपलब्धिहरूबारे जानकारी गराए। खेलकुद एवं युवा मामिला विभागका उपनिदेशक एसबी सुब्बाले कार्यक्रमको पृष्ठभूमिमाथि प्रकाश पार्दै कार्यक्रममा समूह लोक नृत्य, समूह लोक गीत, र वक्तृत्व प्रतियोगिता जस्ता तीनवटा विधाहरूको रूपरेखा प्रस्तुत गरे। कार्यक्रम हरियाणाको ऐतिहासिक शहर कुरुक्षेत्रमा आयोजना गरिनेछ। कार्यक्रम प्रेरणादायी मन्त्र ‘एक भारत श्रेष्ठ भारत’ अन्तर्गत आयोजित गरिएको हो। जसमा भारतका सबै राज्य र केन्द्र शासित प्रदेशहरूबाट १,००० भन्दा अधिक युवाहरूको सहभागिता रहनेछ। कार्यक्रमको अवधि युवा सहाभागिहरूले प्रतियोगितात्मक कार्यक्रमहरूका साथै आफ्ना राज्यहरूको अद्वितिय संस्कृति, पर्यटन क्षमता, भाषा, र नवीन पहलहरूको प्रस्तुति गर्नेछन्। सिक्किमले तीनवटा विधाहरूमा सहभागिता जनाउनेछ। जसमा निखिल छेत्री र टोलीले वक्तृत्व प्रतियोगिता, अनुमिका गुरूङ र टोलीले समूह लोक नृत्य र दिवस छेत्री र टोलीले समूह लोक गीतमा सहभागिता जनाउनेछन्। प्रतिनिधिमण्डलसंग सिक्किम सरकारको खेलकुद एवं युवा मामिला विभागका सहायक निदेशक भीमराज खत्री अनुरक्षण अधिकारीको रूपमा रहनेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement