राज्यपाल माथुर र मुख्यमन्त्री तामाङको उपस्थितिमा राजभवनको नवनिर्मित शिव मन्दिमा प्राण प्रतिष्ठा पूजा

IMG-20250721-WA0140

गान्तोक: आज सावन महिनाको दोस्रो पावन सोमबारको विशेष अवसरमा राजभवन परिसरमा नवनिर्मित शीव मन्दिरमा प्राण प्रतिष्ठा पूजा विधिपूर्वक सम्पन्न गरियो। यस अवसरमा राज्यपाल ओम प्रकाश माथुरको साथमा मुख्यमन्त्री प्रेमसिंह तामाङको पनि विशेष उपस्थिति रहेको थियो।
मन्दिरमा एक विशेष पूजा पनि आयोजना गरिएको थियो जसमा सहभागिता जनाउँदै राज्यपाल माथुर र मुख्यमन्त्री तामाङले राज्य अनि राज्यवासीको सुख, शान्ति र समृद्धिको कामना गरे। यसै अवसरमा राज्यपाल र मुख्यमन्त्रीले राजभवन परिसरमा रुद्राक्ष र बेलका विरुवाहरू लगाए भने पोखरीमा माछाहरू पनि विसर्जन पनि गरे।
पूजा समारोहमा सिक्किम सरकारका मुख्य प्रशासक भीबी पाठक, मुख्य सचिव आर तेलाङ, १७ माउण्टेन डिभिजनका जीओसी मेजर जेनरल एमएस राठौड़ साथै अन्यको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement