१९ सेप्टेम्बरः स्पेनिश ला लीगा फूटबलको पहिलो म्याड्रिड डर्बी रियल म्याड्रिडको पक्षमा गयो। आइतवार राति खेलिएको म्याचमा वर्तमान च्याम्पियन रियल म्याड्रिडले चीरप्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडलाई २-१-ले पराजित गऱ्यो। एट्लेटिकोको होम ग्राउण्ड मेट्रोपोलिटान स्टेडियममा ४६ प्रतिशत पोजेशनको साथ खेल्ने रियल म्याड्रिडले म्याचको दुवै गोल पहिलो हाफमा छिरायो। टीमलाई रोड्रिगोले १८औं मिनटमा बढ़त दिलाए। त्यसपछि फेडेरिको भाल्भर्देले ३६औं मिनटमा स्कोर रियलको पक्षमा २-० पुऱ्याए।

म्याचमा अधिक आक्रामक देखिए पनि एट्लेटिकोले एकमात्र गोलको निम्ति पनि लगभग अन्तिम क्षणसम्म प्रतीक्षा गर्नु पऱ्यो। एट्लेटिकोबाट मारियो हेरमोसोले ८३औं मिनटमा गोल गरे। टीमलाई म्याचको एकमात्र गोल दिलाएपछि हेरमोसोले स्टपेज टाइमको पहिलो मिनटमा रातो कार्ड देखे। यस रोमाञ्चक जीतको साथै रियल म्याड्रिड ६ वटा म्याचमा १८ पोइण्टको साथ ला लीगा टेबलमा बार्सिलोनालाई उछिनेर फेरि शीर्ष स्थानमा पुग्यो। रियलले ला लीगाको जारी सीजनमा आफ्नो सबै म्याच जितेको छ। यसरी नै सातौं स्थानमा रहने एट्लेटिकोसँग १० पोइण्ट रहेको छ।

यसरी नै रियल बेटिसले गिरोना विरुद्ध २-१-ले जीतको साथ शीर्ष तीनमा आफ्नो स्थानलाई सुरक्षित राख्यो। म्याचमा रियल बेटिसबाट दुवै गोल बोर्खा इग्लेसियसले छिराए। उनले १५औं (पेनल्टी) र ७१औं मिनटमा गोल गरे। गिरोनाबाट अर्नाउ मार्टिनेजले सातौं मिनटमा गोल गरे। यस जीतको साथ रियल बेटिस १५ पोइण्टको साथ तेस्रो स्थानमा पुग्यो। गिरोना ७ पोइण्टको साथ ११औं स्थानमा रहेको छ। यसबीच भिल्लारियल र सेविलबीच खेलिएको म्याच चाहिँ १-१-ले ड्र रह्यो। म्याचमा सेविलबाट ओलिवर टोरेसले आठौं अनि भिल्लारियलबाट एलेक्स बाएनाले ५१औं मिनटमा गोल गरे। भिल्लारियल अहिले ११ पोइण्टको साथ छैटौं अनि सेविल ५ पोइण्टको साथ १५औं स्थानमा रहेको छ। ला लीगाको अन्य एउटा म्याचमा रियल सोसिएदादले एस्पानयोल विरुद्ध २-१-ले जीत हासिल गऱ्यो। यस जीतपछि रियल सोसिएदाद १० पोइण्टको साथ गोल अन्तरको आधारमा आठौं स्थानमा रहन पुग्यो। एस्पानयोल ४ पोइण्टको साथ १७औं स्थानमा रहेको छ।