१९ सेप्टेम्बरः कसमस सेभेन (लाप्चेटार, रोहिनी)-को तत्त्वावधानमा आयोजित फूलपाती कप नक्आउट मिनी पोस्ट फूटबल टुर्नामेण्टमा आइतवार एउटा म्याच खेलियो। रोहिनी, लाप्चेटार खेल मैदानमा जारी यस थ्री ए साइड टुर्नामेण्टअन्तर्गत खेलिएको म्याचमा अनुराग सेभेन, खरसाङले ब्ल्याक हर्स (रोहिनी)-लाई १-०-ले पराजित गऱ्यो। टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल म्याच ३० सेप्टेम्बरमा हुनेछ। फाइनल २ अक्टोबरमा खेलिनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा १५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।