दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए) को तत्त्वावधानमा आयोजित त्रिस्तरीय फूटबल लीगमा सोमवार २ वटा म्याच खेलियो। दुवै म्याच दावा माईला डुक्पा मेमोरियल सेकेण्ड डीविजन लीगको थियो। गोर्खा स्टेडियममा गेलोंगटार बोयज र तेप्सी युनाइटेड एफसीबीच खेलिएको पहिलो म्याच १-१ ले ड्र रह्यो। तेप्सी युनाइटेडको तर्फबाट मनीष प्रधानले गोल गरे। गेलोंगटार बोयजको तर्फबाट लाखिल देवानले गोल गरे। दोस्रो म्याचमा डाली यंग बोयज क्लबले सुबासग्राम स्पोर्टिंग क्लबविरुद्ध २-१ ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट सैलेन छेत्री र दिपेश थापाले १-१ गोल गरे। यसरी सुबासग्राम स्पोर्टिंग क्लबको तर्फबाट डेनियल तामाङले गोल गरे।










