टुंग सन्तमेरिज समष्टिको नेहुर बालासनमा सुस्वास्थ्य केन्द्रको उदघाटन

IMG-20250721-WA0107

सोनादा: टुंग सन्त मेरिज समष्टिकाे नेहुर बालासनमा उप स्वास्थ्य केन्द्रको उदघाटन क्षेत्रीय सभासद नुरी शेर्पा र सुखे पोखरी खण्ड स्वास्थ्य अधिकारी डाक्टर बुद्धदेव विश्वासको बाहुलीबाट गरिएको छ। यस अवसरमा टुंग सन्त मेरिज समष्टिकाे सभासद नुरी शेर्पा, सुखे पोखरी खण्ड स्वास्थ्य अधिकारी, सुखे पोखरी खण्ड पञ्चायत समितिको सहकारी सभापति मनखुस राई, कर्माध्यक्ष बबिन्द्र राई, पञ्चायत प्रधान छोगेल लामा, पञ्चायत समिति सदस्य सिध्दार्थ मोक्तान, पञ्चायत सदस्यहरु, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सांगठनिक सचिव दिपेन भुजेल लगायत अन्यहरु उपस्थित रहेका थिए। यस सुस्वास्थ्य केन्द्रको उदघाटन विषयमा पत्रकारहरुसित कुराकानी गर्दै क्षेत्रीय सभासद नुरी शेर्पाले यस क्षेत्रमा सुस्वास्थ्य केन्द्रको निर्माण गरिदिएकोमा धन्यवाद दिएका छन् ॐ। उनले यो सुस्वास्थ्य केन्द्र यस क्षेत्रको मानिसहरुका लागि ठूलो उपलब्धि नै हो भनी बताउँदै यसको संरक्षण गर्नु स्थानीयहरुको दायित्व हो भनी बताएका छन्। सभासद शेर्पाले स्थानीयहरुले यस सुस्वास्थ्य केन्द्रबाट लाभ उठाउन आवश्यक रहेको पनि बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement