लगभग २२ महिनापछि आजदेखि खोलियो खरसाङको अम्बटे चियाबारी

IMG-20250721-WA0102

खरसाङ: १९ अगस्त २०२२ मा दशैँको मुखैमा बन्द भएको अम्बटे चियाबारी प्रायः बाइस महिनापछि आजदेखि खोलिएको छ। वर्तमान जीवन शर्माको अधीनमा खोलिएको यस चियाबारीमा तर सोमबार श्रमिकहरूको सङ्ख्या भने केही कम्ती रहेको थियो। प्रथम दिन केही श्रमिकहरूलाई पत्ती टिप्न लगाइयो भने केही श्रमिकहरूले कमान सफा गर्ने कार्य गरे र केही श्रमिकहरूलाई कमानको कार्यालयहरू सफा गर्न लगाइयो। आज बिहान बगान खोलिन अघि अम्बटेस्थित धाममा पूजा अर्चना गरेर श्रमिजहरुलाई चिया पत्ती टिपाईमा लगिएको थियो।

कमान खोलिएको सन्दर्भमा बगानका प्रबन्धक मञ्जित सिञ्चुरीले आजदेखि बगान आधिकारिक रुपमा रुपमा खोलिएको बताए। उनले बगान खोलिनुमा सबैको सहयोग रहेको जनाउँदै आगामी दिनहरूमा पनि यस्तै साथ र सहयोग रहने आशा व्यक्त गरे। उनले आज बगान खोलिएको पहिलो दिन श्रमिकहरु काममा लागेको पनि बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement