नयाँ दिल्ली: अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)-ले विश्व टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी) २०३१-को फाइनलसम्मको आयोजन ईंग्ल्याण्डलाई सुम्पिएको छ। आईसीसीले बताएअनुसार, आउँदो ३ वटा संस्करणको फाइनलको आयोजन अधिकार ईंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्ड (ईसीबी)-सँग नै रहनेछ। ईंग्ल्याण्डको ट्र्याक रेकर्डलाई ध्यानमा राखेर नै आईसीसीले यस्तो फसेला गरेको छ। वास्तवमा गत ३ वटा संस्करणको फाइनल पनि ईंग्ल्याण्डमै भएको थियो। डब्ल्यूटीसीको पहिलो फाइनल म्याच २०२१-मा खेलिएको थियो। साउथम्प्टनमा खेलिएको फाइनलमा न्यूजील्याण्डले भारतलाई ८ विकेटले पराजित गरेको थियो। त्यसपछि २०२१-२३ सीजनको फाइनल द ओवलमा खेलिएको थियो। त्यस समय अष्ट्रेलियाले फाइनलमा भारतलाई पराजित गरेको थियो। यसरी २०२३-२५ सीजनको फाइनल हालै लर्ड्समा खेलिएको थियो। त्यस म्याचमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई ५ विकेटले पराजित गरी पहिलोपल्ट डब्ल्यूटीसी खिताब जितेको थियो। आईसीसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, बोर्डले हालै फाइनलको आयोजनमा सफल ट्र्याक रेकर्डपछि ईंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डलाई २०२७, २०२९ र २०३१ संस्करणको निम्ति आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनशीप फाइनलको आयोजन अधिकार दिएको पुष्टि गर्दछ। ईसीबी-का मुख्य कार्यकारी अधिकारी रिचर्ड गोल्डले भने, ईंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डलाई आउँदो ३ आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनशीपको फाइनलको आयोजकको रूपमा चयन गरिएकोमा हामी धेरै खुशी छौं। यी फाइनलहरूको आयोजन गर्नु सम्मानको कुरा हो अनि हामी गत चरणहरूको सफलतालाई अघि बढ़ाउन आईसीसीसँग मिलेर काम गर्न उत्सुक छौं।