डुबोइसलाई नक्आउट गरी विश्व हेभिवेट खिताब आफूसँग कायम राखे ओलेक्जेण्डर उसिकले

IMG-20250721-WA0004

लण्डन: युद्धसँग जुझिरहेको युक्रेनका ३८ वर्षीय पेशादार बक्सर ओलेक्जेण्डर उसिकले वेम्बली स्टेडियममा ब्रिटेनका डेनियल डुबोइसलाई पाँचौं राउण्डमा नकआउट गरी फेरि निर्विवाद विश्व हेभिवेट बक्सिंग च्याम्पियनको खिताब हासिल गरे। उसिकले डुबोइसलाई एउटा शक्तिशाली देब्रे हुकले पराजित गरे। यसको साथमा उनी विश्व बक्सिंग संघ, परिषद र संगठनको बेल्टहरू आफूसँग कायम राख्नको साथै अन्तर्राष्ट्रिय बक्सिंग महासंघ बेल्ट पनि फेरि जित्न सफल भए। उसिकले गत वर्ष टाइसन फ्यूरीलाई दुईपल्ट पराजित गरी निर्विवाद हेभिवेट च्याम्पियनको खिताब जितेका थिए। उसिक दुईपल्ट विश्व हेभिवेट च्याम्पियनको खिताब जित्ने महान मोहम्मद अली र फ्लोएड पेटरसनपछि तेस्रो बक्सर बनेका छन्। खिताब जितेपछि उसिकले भने, मैले साढे तीन महिना कठोर अभ्यास गरे अनि यस अवधि मैले आफ्नो परिवारसँग पनि भेट्न सकिन। अब म घर फर्किन चाहन्छु। म बक्सिंग जारी राख्नेछु। मसँग प्रेरणा छैन तर अनुशासन छ। प्रेरणा अस्थायी हुन्छ तर अनुशासन सदा तपाईंसँग रहन्छ। यूसिक आफ्नो पेशादार करियरमा रेकर्ड २४ वटा फाइटमा अजेय रहेका छन्। यसबीच यूट्यूबर ज्याक पलले उनलाई एमएमए फाइटको निम्ति आमन्त्रित गरे।.

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement