भारत-पाकिस्तानबीच डब्ल्यूसीएलको म्याच रद्द

IMG-20250721-WA0000

बर्मिंघम: शिखर धवनसहित एकाधिक भारतीय खेलाड़ीहरूले खेल्न अस्वीकार गर्दा विश्व लीजेण्ड्स च्याम्पियनशीप (डब्ल्यूसीएल)-मा भारत र पाकिस्तानका भेटरन खेलाड़ीहरूबीच आइतवार खेलिने म्याच रद्द गरियो। च्याम्पियनशीपको दोस्रो सीजन १८ जूनमा एजबेस्टनमा शुरु भएको थियो। यसको फाइनल म्याच २ अगस्तमा खेलिनेछ। वर्ल्ड कप विजेता युवराज सिंह इण्डिया च्याम्पियन्स टीमका कप्तान हुन्, जसमा हरभजन सिंह, इरफान पठान, सुरेश रैना, रबिन उथप्पा र वरुण आरोन जस्ता पूर्व दिग्गज खेलाड़ीहरू सामेल छन्। पाकिस्तान टीमका कप्तान शाहिद अफरीदी हुन्। पाकिस्तानी टीममा यूनिस खान, सोहेल तनवीर, वहाब रियाज र कमरान अकमल पनि रहेका छन्। पहलगाममा भएको आतंकी हमलालाई ध्यानमा राखेर भारतीय टीमले म्याचमा हिस्सा नलिने फसेला गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement