ड्रग्स नियन्त्रणमाथि सांसद सुब्बाले उठाए बलियो राष्ट्रीय नीतिको माग

IMG-20250720-WA0128

गान्तोक: लोकसभा सांसद इन्द्रहाङ सुब्बाले आज सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको प्रतिनिधित्व गर्दै संसदमा राजनीतिक दलका नेताहरूको बैठकमा भाग लिए। बैठकमा सांसद सुब्बाले सिक्किमसित जोड़िएका विभिन्न मुद्दामाथि ध्यानार्षण गराए। बैठकबारे उल्लेख गर्दै सांसद सुब्बाले आफूले बैठकबीच सिक्किमले राष्ट्रिय ध्यान पाउनुपर्ने प्रमुख सरोकारहरूमा अवगत गराउने अवसर पाएको बताए। सांसद सुब्बाले ग्लेसियरहरुको स्थिति र यसबाट उत्पन्न हुने जोखिमबारे संसदमा छलफल हुनुपर्ने माग गरे। अर्कोतिर उनले लागूपदार्थ दुरुपयोग र कारोबारीको बढ्दो खतराविरूद्ध बलियो राष्ट्रिय नीति बनाउनुपर्ने विषयमाथि जोड़ दिए। अर्कोतिर सुब्बाले सीमावर्ती चेकपोस्टहरुमा प्रभावी कनेक्टिभिटी सुधार गर्ने आवश्यक्तामाथि पनि जोड़ दिएका थिए। यसरी नै लोकसभा सांसदले अनलाइन गेमिङबाट हुने प्रतिकूल प्रभाव, व्यक्ति, परिवार र वित्तीय स्थिरतामाथि देखा पर्ने असरबारे पनि जिकिर गरेका थिए। यसैगरि उनले राष्ट्रिय बहसमा सिक्किम राज्यका क्षेत्रीय मुद्दाहरूलाई प्राथमिकता दिने कुरामा पनि जोड़ दिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement