गान्तोक: राज्य सरकारको स्वास्थ्य विभागअन्तर्गत आयुष विभागको पहिलो समीक्षा बैठक स्वास्थ्य विभागीय मन्त्री जीटी ढुङ्गेलको अध्यक्षतामा सम्पन्न भयो। टाशीलिङ सचिवालयमा सम्पन्न भएको उक्त बैठकमा नवनियुक्त सल्लाहकार अर्जुनकुमार घतानी, ओएसडी दिना छेत्री, अध्यक्ष मनोजकुमार प्रधान, सचिव सुचित्रा रसाइली लगायत अन्य अधिकारीहरू उपस्थित थिए। बैठकलाई सम्बोधन गर्दै मन्त्री ढुङगेलले नवनियुक्त सल्लाहकार, अध्यक्ष र ओएसडीलाई राज्यमा आयुष योजनालाई साकार तुल्याउन सबै जोडिएर काम गर्नुपर्ने उल्लेख गरे। उनले आयुषलाई सुदृढ पार्न राज्य सरकारको गहिरो प्रतिबद्धता दोहोर्यालउँदै प्रस्तावित आयुर्वेद संस्थानको कार्यक्रमबारे पनि बताए। उनले बिरामी जाती भएका अनुभवहरूको दस्तावेजीकरण, संरचित आयुष क्याडर सिर्जना, अनुसन्धान बढाउने र स्थानीय औषधिको बिरुवाहरूको खेती र प्रयोगलाई प्रवर्द्धन गर्ने आवश्यकतामाथि जोड दिए। मन्त्रीले राज्यमा आय़ुषको समृद्ध जैविक विविधता, सांस्कृतिक लोकाचार र परम्परागत उपचार प्रणालीहरूको परीक्षण गरिएको विषय़बारे बताउँदै यो पर्यटनको लागि विश्वव्यापी केन्द्रको रूपमा चिनिने अवगत गराए। उनले सबै अधिकारीहरू र सरोकारवालाहरूलाई स्वस्थ र खुशी सिक्किमको साझा दृष्टिकोणलाई साकार पार्न ऊर्जा, जोश र सेवाको भावनाका साथ काम गर्नुपर्ने आह्वान गरे। सोही प्रकारले आयुष विभागकी सचिव सुचित्रा रसाइलीले समर्पित आयुष विभाग स्थापना गर्ने सिक्किम सरकारको निर्णयप्रति कृतज्ञता व्यक्त गर्दै यसले राज्यको स्वास्थ्य सेवा प्रणालीको समग्र विकासको दिशामा एक महत्त्वपूर्ण पहलकोरूपमा काम गर्ने बताइन्। उनले नयाँ विभाग परम्परागत चिकित्सा प्रणाली, कल्याण र एकीकृत स्वास्थ्य सेवालाई प्रवर्द्धन र संस्थागत गर्ने दिशामा यो एक नयाँ पहल हो भन्दै यसको गठनले आयुर्वेद, योग र प्राकृतिक चिकित्सा, युनानी, सिद्ध, सोवा रिग्पा र होमियोप्याथीको समृद्ध परम्परागत उपचार ज्ञानलाई मान्यता दिन सरकारको अटल प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने बताइन्।
उनले नयाँ विभागको स्थापना भएदेखि नै विभिन्न प्रकारको कार्य भइरहेको बताउँदै सरकारको दृष्टिकोणलाई साकार पार्न सबै सरोकारवालाहरूलाई सहयोगी र प्रतिबद्ध ढङ्गले काम गर्नुपर्ने आग्रह गरिन्।