सारथी आइडलको ५ लाखको पुरस्कार अविन राईको झोलीमा

IMG-20250720-WA0125

गान्तोक: अल लोकल ट्याक्सी सेन्ट्रल जोइन्ट एक्शन कमिटी गान्तोकको तत्वावधानमा आयोजित सिक्किम सारथी आइडल २०२५ सिजन-१ विजेता अबिन राई बनेका छन्। राजधानीस्थित मनन केन्द्रमा आयोजित कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिकारूपमा उपस्थित थिए। उनकी धर्मपत्नी कृष्णाकुमारी राई, सिक्किम विधानसभा उपाध्याक्ष राजकुमारी थापालगायत अन्य अधिकारीहरुको उपस्थिति रहेको थियो। उल्लेखनीय छ, गत २६ मईदेखि शुरू भएको सारथी आइडलमा दुई सयभन्दा अधिक प्रतिस्पर्धीले सहभागिता जनाएका थिए। सेमीफाइनल राउण्डमा सातजना छनौट भएका थिए। जसमा पासाङ दावा तामाङ, सन्तोष मगर, गुञ्जन लोहार, आनन्द गुरूङ, किरण छेत्री, शरण तामाङ र अबिन राई सामेल थिए। आज सम्पन्न भएको फाइनल राउण्डमा सातजनाले नेपाली र हिन्दी गीत प्रस्तुत गरे भने अतिथि गायकमा डुवर्सको हासीमारा निवासी फौदासिंह गुरूङ थिए। कार्यक्रममा मुख्यमन्त्रीको बाहुलीद्वारा सारथी आइडलको आधिकारिक गीत लोकार्पण गरियो। प्रायोजक एवं सहयोगीहरूलाई सम्मान जनाइयो। यस प्रतियोगिताका अन्य उपविजेताहरूमा आनन्द गुरूङ दोश्रो र पासाङ दावा तामाङ तेस्रो स्थान हत्याउन सफल भए। प्रथम हुनेलाई नगद ५ लाख, दोस्रोलाई ३ लाख, तेस्रोलाई दुई लाख र रहल चार जनालाई ५०-५० हजार गरेर प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement