नेपाली कथानक चलचित्र ‘परिवर्तन’छायांकनको अन्तिम चरणमा

IMG-20250720-WA0084

माधव कल्पित

बिर्तामोड़(नेपाल): नेपाली समाज, परिवार र देशको यथास्थितिबाट स्थायी परिवर्तनको खोजीमा आधारित नेपाली कथानक चलचित्र ‘परिवर्तन’ अहिले पूर्वी नेपालका विभिन्न स्थानहरूमा छायांकनको अन्तिम चरणमा पुगेको छ।
चलचित्र ‘परिवर्तन’ मा निर्देशक विजय केरुङ्गको कथा र निर्देशन रहेको छ। निर्देशक केरुङ्ग यसअघि ‘माझीदाइ’, आमाको काख,‘हामी शरणार्थी’, ‘हाम्रो जंगल’ जस्ता चर्चित तथा सफल चलचित्र निर्देशन गरिसक्नु भएका अनुभवी व्यक्तित्व हुन्।
चलचित्रमा प्रमुख भूमिकामा नायक शुशिल श्रेष्ठ र नायिका अञ्जना बराइली रहेका छन्। साथै चलचित्रमा वरिष्ठ अभिनेत्री करिष्मा मानन्धर, शिरु बिष्ट, रहेमन्त बुढाथोकी, पुकार भट्टराई, घनश्याम गिरी लगायतका प्रतिभाशाली कलाकारहरूको सशक्त उपस्थिति रहेको छ।यस्तै, क्षितिज नाट्य प्रतिष्ठान झापाका केन्द्रीय संयोजक तथा बहुजातीय सांस्कृतिक संग्रहालयसहितको निर्माणाधीन झापा नाटकघरका परिकल्पनाकार माधव कल्पित पनि प्रमुख भूमिकामा रहेका छन्। उहाँसँगै प्रतिष्ठानका एक दर्जनभन्दा बढी रंगकर्मीहरूले चलचित्रमा अभिनय गरिरहेका छन्।चलचित्रको छायांकन गत जेठ महिनाको अन्तिम साताबाट सुरु भएको हो र यो साउनको दोस्रो सातासम्ममा सम्पन्न हुने लक्ष्य राखिएको छ।
प्राविधिक पक्षमा नृत्य निर्देशनमा कमल राई, द्वन्द्व निर्देशनमा श्री श्रेष्ठ, प्रोडक्सन तथा डिजाइनमा अरुण रेग्मी, छायाँकन शिव ढकाल र मेकअप मेनको रूपमा श्याम बराल रहेको जानकारी निर्देशक विजय केरुङ्गले दिनुभएको छ।


चलचित्र ‘परिवर्तन’का निर्माता दीपक शिवाकोटी हुन्। निर्माता शिवाकोटीका अनुसार, यो चलचित्र केवल मनोरञ्जन मात्र होइन, नेपाली समाजको गहिरो मनोविज्ञान, परिवारको वास्तविक अवस्था र देशको परिवर्तनको आकांक्षालाई चित्रण गर्ने उद्देश्यले निर्माण भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement