दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए) को तत्त्वावधानमा आयोजित त्रिस्तरीय फूटबल लीगमा आइतवार २ वटा म्याच खेलियो। गोर्खा स्टेडियममा खेलिएको पहिलो म्याच (फर्ष्ट डीविजन)-मा बड़ा काकझोड़ा युनाइटेड क्लब (बीकेयूसी)-ले साइ (भारतीय खेल प्राधिकरण), लेबों विरुद्ध ३–० ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट प्रीतम मुखिया, अविनाश छेत्री र सुरज थापाले १–१ गोल गरे। दोस्रो म्याच (प्रीमियर डिवीजन)-मा हिमायन फूटबल क्लबले सेण्ट जोसेफ्स कलेजविरुद्ध ३–२ ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट छोग्याल तामाङ र मेण्डिज मंगरले १–१ गोल गरे। अन्य एक गोल आत्मघाती रह्यो। यसरी सेण्ट जोसेफ्स कलेजको तर्फबाट राफाश लेप्चा र अश्विन लामाले गोल गरे।