जिल्ला कानूनी सेवा प्राधिकरणद्वारा कानुनी सचेतना कार्यक्रम सम्पन्न

IMG-20250720-WA0113

खरसाङ: जिल्ला कानूनी सेवा प्राधिकरणको आयोजना साथै गाड़ीधुरा पुलिस आउट पोष्टको सहयोगमा आईतबार खरसाङ खण्ड अन्तर्गत गाडीधुरामा कानुनी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ‌। खरसाङ खण्ड अन्तर्गत सन्त मेरिज तीन ग्राम पञ्चायतको गाडीधुरामा आयोजित यस सचेतना कार्यक्रममा डाल्साका अधिवक्ता जयन्ति देवानले घरेलु हिँसा, पोक्सो एक्ट, बाल विवाहमाथि कानुनी जानकारीहरु दिइन् भने पैरा लीगल वायन्टियर रिना राया, पूर्णकला थापा, निमा ल्हमु लामा, सबिना प्रधान अनि पूजा थापाले उपस्थित जनमानसलाई पैरा लीगल वालन्टियरको भूमिका, डाल्साको महत्व साथै अन्य कानुनी सहुलियतहरुबारे जानकारी गराएका‌ थिए। यस कार्यक्रममा गाड़ीधुरा पुलिस आउट पोष्टको प्रभारी मानभ रोयले पनि आफ्नो विशेष उपस्थिति दिन्दै सम्बोधन राखेका थिए। कार्यक्रममा विभिन्न संघ संस्था, बमन पोखरी एकता समाज, मेरियनबारी रिक्रेसन क्लब, नवदीप परिवार गाडी ॐधुरा, लोवर अमृत बस्ती ग्राम सहयोग संस्था, नव प्रगति युवा संघ, विश्वकर्म समाज गाडीधुरा, दमाई समाजका अध्यक्ष अनि सचिव साथै सदस्यहरुको व्यापक उपस्थिति रहेको थियो। गाडीधुरा सन्त मेरिज तीन ग्राम पञ्चायतका आईसीडीएस सुपरभाइजर, दुधेका आशाकर्मी, स्वनिर्भर दलहरुका सदस्याहरु लगायत सन्त मेरिज तीन ग्राम पञ्चायतको पञ्चायत समिति सदस्यहरुले पनि आफ्नो उपस्थिति दिन्दै कार्यक्रमलाई सफल बनाएका थिए। यस कानुनी सचेतना कार्यक्रमले क्षेत्रवासीलाई धेरैनै सहयोग पुगेको र आगामी दिनमा पनि अझै बृहत प्रकारले यस प्रकारको सचेतना कार्यक्रम गरिनु पर्ने निवेदन गाउँवासीले गरेका छन् भनी जानकारी प्राप्त भएको छ।‌

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement