माउसेस खरसाङद्वारा वृक्ष रोपण कार्यक्रम

IMG-20250720-WA0108

खरसाङ: मानव उत्थान सेवा समिति, खरसाङ तहसिलद्वारा खरसाङको डाउहिल फरेष्ट रेञ्जमा वृक्षरोपण कार्यक्रम गरियो। मानव धर्मका प्रणेता एवम् विख्यात समाजसेवी श्री सतपालजी महाराजको आज्ञा अनि दिशा निर्देशनमा समितिले ५ जुलाई २०२५ देखि २० जुलाई २०२५ सम्म देशव्यापी वृक्ष रोपण कार्यक्रम गरिरहेको छ। विगत धेरै वर्षहरूदेखि पर्यावरण संरक्षणको निम्ति समितिले व्यापक वृक्षरोपण गर्दै आइरहेको छ भने यस वर्ष १ लाखभन्दा बेसी वृक्षरोपण गर्ने समितिको लक्ष्य रहेको छ। यसै क्रममा मानव उत्थान सेवा समिति, खरसाङ तहसिलद्वारा प्रभारी महात्मा असिमा बाइजीको अगुवाईमा काफल, कटुस, जामुन तथा विभिन्न प्रकारका मौलिक रूखका प्रायः १९० विरूवाहरू रोपण गरे।

उक्त कार्यक्रममा माउसेस खरसाङका कार्यकर्तागण लगायत धेरै सङ्ख्यामा सदस्यहरू तथा वन विभागका अधिकारीहरू उपस्थित थिए। समितिको अनुरोधमा विभिन्न रूखका विरूवाहरू समितिलाई उपलब्ध गराएर वृक्षरोपण कार्यक्रमलाई सहयोग पुर्याउनु हुने वन विभागका अधिकारीहरू प्रति समितिले आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement