खरसाङ: खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा अनि युवा मामिला एवम् खेलकुद विभाग, जीटीएको सहयोगमा आयोजित दुई स्तरीय फूटबल लीगअन्तर्गत च्याम्पियनशीप डीविजन लीगमा मकैबारी युनाइटेड एफसी च्याम्पियन भयो। गोथल्स मेमोरियल स्कूल खेल मैदानमा आइतवार भएको च्याम्पियनशीप डीविजन लीगको फाइनलमा मकैबारी युनाइटेड एफसीले खरसाङ स्पोर्टिंग क्लबविरुद्ध ५–२ ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट पेमा लामाले ह्याट्रिक गरे। सुमिरन प्रधान र सोहित प्रधानले १–१ गोल गरे। लीग उपविजेता रहने खरसाङ स्पोर्टिंग क्लबको तर्फबाट तुशान्त थापा र अल्केश तामाङले १–१ गोल गरे। आज म्याचको सञ्चालन हिल्स रेफरीज एसोसिएशनका सदस्यहरूले गरे, जसमा अरबिन्द छेत्री, नितेश देवान र प्रमोद प्रधान सामेल थिए। सञ्जय थापा र रेबिका प्रधान फोर्थ अफिसियल थिए। आजको म्याचसँगै दुई स्तरीय लीग पनि समाप्त भयो।

संक्षिप्तमा:
(प्रीमियर डीविजन) च्याम्पियनः
युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)
रनरअपः कञ्चनजंघा फूटबल क्लब (केएफसी)
प्लेयर अव् द म्याच (केएफसी बनाम यूकेएफसी) अरुण तामाङ (केएफसी)
प्लेयर अव् द टुर्नामेण्टः नयन प्रधान (यूकेएफसी)
हाईएस्ट स्कोररः रुस्तम प्रधान (यूकेएफसी, ९ गोल)
बेस्ट गोलकीपरः रुपक कोया (यूकेएफसी)
संक्षिप्तमा (च्याम्पियनशीप डीविजन)
च्याम्पियनः मकैबारी युनाइटेड एफसी (एमयूएफसी)
रनरअपः खरसाङ स्पोर्टिंग क्लब (केएससी)
प्लेयर अव् द म्याचः बिगेन सुब्बा (एमयूएफसी)
प्लेयर अव् द टुर्नामेण्टः पेमा लामा (एमयूएफसी)
हाईएस्ट स्कोररः पेमा लामा (एमयूएफसी)
बेस्ट गोलकीपरः अनिश राई (आईटीआई टुंग एफए)