चोटग्रस्त अर्शदीप सिंहको कवरको रूपमा टीम इण्डियामा सामेल अंशुल कम्बोज

IMG-20250720-WA0070

म्यानचेष्टर: पेस बलर अंशुल कम्बोजलाई ईंग्ल्याण्डविरुद्ध टेस्ट सीरीजको निम्ति भारतीय टीममा सामेल गरियो। टीम प्रबन्धनले चोटग्रस्त अर्शदीप सिंहको कवरको रूपमा कम्बोजलाई टीममा स्थान दिएको छ। भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले चाहिँ यसबारे कुनै आधिकारिक जानकारी दिएको छैन। भारत र ईंग्ल्याण्डबीच २३ जुलाईदेखि म्यानचेष्टरमा चौथो टेस्ट म्याच खेलिनेछ। अर्शदीपलाई अहिलेसम्म खेलिएको तीनैवटा टेस्ट म्याचको अन्तिम एकादशमा स्थान प्राप्त भएन। सीरीजमा भारत अहिले १-२-ले पछि रहेको छ। अर्शदीपलाई हालै अभ्यासको अवधि चोट लागेको थियो। मीडियो रिपोर्ट्स अनुसार, कम्बोजलाई अर्शदीपको कवरको रूपमा बोलाइएको छ। कम्बोज भारत ए टीमका हिस्सा थिए, जसले टेस्ट सीरीज अघि ईंग्ल्याण्ड लायन्सविरुद्ध २ वटा अनौपचारिक म्याच खेलेको थियो। कम्बोजले ती म्याचहरूमा ५ विकेट लिनको साथै दोस्रो म्याचमा अर्द्धशतक पनि बनाएका थिए। कम्बोज आईपीएल २०२५-मा चेन्नई सुपर किंग्स (सीएसके)-बाट खेलेका थिए अनि उनलाई मेगा लिलामीमा ३.४० करोड़ रुपियाँमा खरीद गरिएको थियो। कम्बोजले आईपीएलको ८ वटा म्याचमा ८ विकेट लिएका थिए। हरियाणाका यस पेस बलरले एउटा ईनिंग्समा जम्मै १० विकेट लिएर ख्याति अर्जन गरेका थिए। यसरी उनी रणजी ट्रफीको इतिहासमा एउटा ईनिंग्समा १० विकेट लिने तेस्रो बलर बनेका थिए। उनले यो उपलब्धि २०२४-२५ सीजनमा केरलविरुद्ध म्याचमा हासिल गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement