प्रशान्त गुरुङलाई उपचारको निम्ति लगियो सिलगढ़ी

IMG-20250719-WA0131

गान्तोक: १७ जुलाईको दिन सदर थाना परिसरमा भएको आक्रमणमा परेर गम्भीर घाइते भएका सिटिजन एक्शन पार्टी सिक्किमका कार्यकर्ता प्रशान्त गुरुङलाई गहन उपचारको निम्ति सिलगढ़ी लगिएको छ। पार्टीले प्रेस विज्ञप्ती जारी गरेर यो जानकारी दिएको हो। उनलाई उक्त आक्रमणको घटनामा पेट अनि पिठ्यूमा गहिरो गाउ लागेको छ। उल्लेखनीय छ, उक्त प्राणघातक आक्रमणमा उनीलगायत अन्य तीनजना पनि घाइते भएका छन्। अन्यलाई भने सामान्य चोट लागेको बताइएको छ।
सिटिजन एक्शन पार्टी, सिक्किमले पीड़ित प्रशान्त गुरुङको शीघ्र स्वास्थ्यलाभको कामना गरिदिने सर्वसाधरणलाई अनुरोध गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement