राज्यका ३२ वटै निर्वाचन क्षेत्रमा जीसीआई सीट वितरण

IMG-20250719-WA0128

गान्तोक: सिक्किम सरकारले आज अप्पर बुर्तुक निर्वाचन क्षेत्रअन्तर्गत रेशीथाङ मेला ग्राउण्डमा आयोजित एक भव्य कार्यक्रमबीच जीसीआई सिट वितरण गऱ्यो। यस अवसरमा अप्पर तादोङ, आरिथाङ, गान्तोक, अप्पर बुर्तुक, संघ ३२ र सारथी संघलाई वितरण गरियो। कार्यक्रममा जन स्वास्थ्य अभियन्तिकी विभागीय मन्त्री सोनाम लामा मुख्य अतिथि थिए। साथमा ग्रामीण प्रबन्धन विकास विभागका मन्त्री अरूण उप्रेती, स्वास्थ्य विभागीय मन्त्री जीटी ढुङ्गेल, अप्पर बुर्तुक निर्वाचन क्षेत्रकी विधायक कला राई, गान्तोक विधायक दिले नामग्याल बर्फुङपालगायत विभागका अधिकारीहरु र लाभार्थीहरुको उपस्थिति रहेको थियो। यस अवसरमा कूल ३४ वटा खण्ड विकास कार्यालयलाई जीसीआई सीटको टोकन वितरण गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि मन्त्री लामाले ग्रामीण क्षेत्र विकास विभागको काम ग्रामीण क्षेत्रका जनतासँग जोडिएर उनीहरूको समस्या समाधान गर्नु बताए। एसकेएम सरकारले बोल्ने मात्र होइन काम गरेर देखाउने प्रमाण पुष्टि गरिसकेको दाबी गर्दै लामाले सरकारले यसपल्ट एकै दिन ३२ निर्वाचन क्षेत्रमा जीसीआई सीट वितरण गरेर जुमुखी कार्यको प्रमाण दिएको उल्लेख गरे। मुख्यमन्त्री प्रेमसिंह तामाङले जनतासमक्ष दिएका वचन यस प्रकारको योजना वितरणले पुरा गर्दै आएको बताउँदै उनले एसकेएम सरकारसित जनता खुशी भएको थप दाबी गरे। एसकेएम सरकार जनताको हितमा काम गर्ने र वचन पूरा गर्ने सरकार रहेको उल्लेख गर्दै विपक्षीमा बसेका राजनीतिक पार्टीहरुले सरकारको कमि कमजोरीको आलोचना गर्नसक्छ, तर फोरफिट भएको पार्टीले भने आलोचना गर्न नमिल्ने बताए। सरकारले गरेको राम्रो कामलाई धन्यवाद दिनुपर्छ र नराम्रो कामलाई आलोचना गर्नुपर्ने सुझाउ दिए। सामाजिक सञ्जालमा सरकारविरूद्ध लआरोप लगाउनेहरु डिप्रेसनका रोगीहरु हुन्, उनले भने। एसकेएम पार्टी विपक्षीमा हुँदा बाटो रोक्ने काम गरेको तर कहिलेपनि पछि नहटेर निर्धक पार्टीको हितमा काम गरेको दावी गरे। एक परिवार एक नोकरी योजना एसकेएम पार्टीको हो तर २०१४ मा एसकेएम पार्टी सरकारमा आउन नसक्दा एसडीएफ पार्टीले चोरेर लगेको किटान पनि सोनाम लामाले गरे। एसकेएम पार्टीले कहिले पनि गलत काम गर्दैन र गलत कामगर्न प्रोत्साहित गर्दैन् भन्दै राज्यमा कुनै पनि घटना भएको खण्डमा विपक्षी पार्टीहरुले सत्तारूढ दललाई आरोप लगाउनु भन्दा त्यसको प्रमाण जुटाउनु पर्ने सल्लाह दिए। बिना प्रमाण सरकारलाई आरोप नलगाउने सुझाउ पनि दिए। सरकारले चुनाउको समयमा दिएको वचन घोषणा पत्रमा उल्लेख गरेअनुसार पूरा गर्दै गइरहेको दाबी पनि मन्त्री लामाले गरे।

कार्यक्रममा स्वागत सम्बोधन राख्दै क्षेत्र विधायक कला राईले आज वितरण गरिएको जीसीई सीट बिक्री नगरेर घऱको निम्ति प्रयोग गर्ने आग्रह गरिन्। गरीबले पाएको सहुलियतमा कसैले आँखा नलगाउने सुझाउ दिँदै यदि सक्छ भने ती गरीबलाई केही थप सहयोग पुऱ्याउनु पर्ने बताइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement