गान्तोक: सिक्किम पशुधन विकास बोर्डले नाथाङ–माचोङ निर्वाचन क्षेत्रका १५ जना प्रगतिशील दुग्ध किसानहरूको टोलीलाई गुवाहाटीस्थित प्रतिष्ठित पशु चिकित्सा विज्ञान केन्द्रमा प्रशिक्षणको लागि पठाइएको छ। भारत सरकारको राष्ट्रीय गोकुल मिशनअन्तर्गत २१ देखि २५ जुलाईसम्म सञ्चालन हुने उक्त तालिम कार्यक्रमले किसानहरूलाई वैज्ञानिक दुग्ध व्यवस्थापनसम्बन्धी अत्यावश्यक तकनिकी सुविधाहरु प्राप्त हुने आशा राखिएको छ। टोलीसँगै बोर्डका अधिकारीहरू पनि सहभागी छन्। जसको सहकार्यले सिक्किमको दुग्ध उत्पादन प्रणालीलाई थप व्यवस्थित र समृद्ध बनाउन सक्ने बताएको छ। स्थानीय एसएनटी कम्प्लेक्समा आयोजित एक कार्यक्रमबीच पशुपालन विभागका प्रधान निर्देशक डा. आनन्द थापाले टोलीलाई विदा गरे। कार्यक्रममा उपस्थित सिक्किम पशुधन विकास बोर्डका सीईओ डा. प्रतीक शर्माले तालिमबारे जानकारी गराउँदै सिक्किम सरकारले राज्यमा दुग्ध उत्पादक कृषकहरूका लागि लाभप्रद योजनाहरू शुरु गरेको बताउँदै उक्त तालिमले धेरै लाभ पुग्ने बताए। थापाले तालिमबारे विस्तृत जानकारी गराए। वित्तीय सहयोग, वैज्ञानिक प्रविधिको हस्तान्तरण र दिगो कृषि अभ्यासहरूको प्रवर्द्धनमार्फत कृषक समुदायलाई आत्मनिर्भर र व्यवसायिक रूपमा सक्षम बनाउने सरकारको उदाहरणीय कार्य बनेको बताए।