गान्तोक: सिटिजन एक्शन पार्टी, सिक्किमको एउटा सभा दक्षिण सिक्किमको मल्ली डाँड़ामा पार्टी अध्यक्ष गणेश कुमार राईको अध्यक्षतामा बस्यो। बैठकमा पार्टीको साङ्गठनिक संरचना र रणनीतिमा सुधार सम्बन्धमा गहन चर्चा र छलफल भएको पार्टीले विज्ञप्ती जारी गरेर बताएको छ। सभामा सशक्त जनसङ्गठन निर्माण गर्ने खाका तयार पार्नुको साथै लोकतान्त्रिक मूल्य र सामाजिक उत्तरदायित्वप्रति पार्टीको निष्ठालाई सुदृढ पार्ने काम भएको बताइएको छ।
यसको साथै हालै गान्तोक सदर थाना परिसरमा पार्टीका कार्यकर्ताहरूमाथि भएको प्राणघातक आक्रमणलाई लिएर पनि बैठकमा चर्चा भएको अनि घट्नाको कड़ा शब्दमा निन्दा र भत्सर्ना जनाइएको प्रेस विज्ञप्तीमा थप उल्लेख गरिएको छ।