दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित त्रिस्तरीय फूटबल लीगमा शनिवार २ वटा म्याच खेलियो। गोर्खा स्टेडियममा खेलिएको पहिलो म्याच (फर्ष्ट डीविजन)-मा घूम जोरबंग्लो स्पोर्टिंग क्लबले युनाइटेड रिषिहाट फूटबल क्लबविरुद्ध २-० ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट दुवै गोल सौरभ बराईलीले गरे। दोस्रो म्याच (प्रीमियर डिवीजन)-मा युनाइटेड एफसी दार्जीलिङले हर्सिंग फूटबल क्लबविरुद्ध ३-१-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट गणेश लिम्बुले २ र छोग्येल शेर्पाले १ गोल गरे। यसरी हर्सिंग एफसीको तर्फबाट रुबेन लिम्बुले १ गोल गरे।