प्रतिका रावललाई शास्ती दियो आईसीसीले

IMG-20250719-WA0124

दुबई: ईंग्ल्याण्ड यात्रामा रहने भारतीय महिला क्रिकेट टीमकी ब्याटर प्रतिका रावललाई ईंग्ल्याण्डविरुद्ध दोस्रो वनडे म्याचको अवधि आईसीसी आचार संहिताको लेवल १-को उल्लंघनको दोषी पाइएको छ म्याच फीसको १० प्रतिशत जरिमाना लगाइएको छ। प्रतिकालाई म्याचमा भएको दुई अलग-अलग घटनाहरूको निम्ति दण्डित गरिएको छ। ईनिंग्सको १८औं ओभरमा रन लिन दगुर्दा उनी बलर लरेन फाइलरसँग ठोक्किन पुगेकी थिइन्। त्यसको अघिल्लो ओभरमै आउट भएर ड्रेसिंग रूममा फर्किंदा पनि उनले बलर सोफी एक्लेस्टोनलाई धक्का दिएकी थिइन्। दुवै घटनामा प्रतिकाको गल्ती रहेको स्पष्ट देखियो। रावलको अनुशासनात्मक रेकर्डमा एक डिमेरिट पोइण्ट पनि जोड़िएको छ, जुन २४ महिनाको अवधिमा उनको पहिलो अपराध थियो। यसको साथमा ईंग्ल्याण्डको टीममाथि पनि धीमा ओभर रेटको निम्ति म्याच फीसको ५ प्रतिशत जरिमाना लगाइएको छ। ईंग्ल्याण्डको टीमले निर्धारित समय सीमाभित्र लक्ष्यभन्दा १ ओभर कम्ती गरेको थियो। रावल र ईंग्ल्याण्डकी कप्तान नेट साइवर-ब्रण्टले रेफरी सारा बार्टलेटद्वारा सुनाइएको आरोप र शास्ती दुवै स्वीकार गरेकी छन्। यसैकारण औपचारिक सुनुवाईको आवश्यकता परेन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement