डूरण्ड कपः सुनिल छेत्रीको कप्तानीमा बेंगलुरु एफसी च्याम्पियन

IMG-20220918-WA0226.jpg

१८ सेप्टेम्बरः बेंगलुरु एफसी-ले आइतवार रोमाञ्चक फाइनलमा मुम्बई सिटी एफसी-लाई २-१-ले पराजित गरी पहिलोपल्ट प्रतिष्ठित डूरण्ड कप फूटबल टुर्नामेण्टको खिताब जित्यो। कलकत्ताको विवेकानन्द युवा भारती क्रीड़ांगनमा भएको फाइनलमा बेंगलुरु एफसी-बाट म्याचमा शिव शक्तिले ११औं अनि एलेन कोस्टाले ६१औं मिनटमा गोल गरे।

यसरी नै मुम्बई सिटी एफसी-बाट एकमात्र गोल अपुइयाले ३०औं मिनटमा फ्री किक्-बाट गरे। बेंगलुरु एफसी-का कप्तान ३८ वर्षीय सुनिल छेत्रीको पनि यो पहिलो डूरण्ड खिताब हो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *