हाम्रो सिक्किम पार्टीका कार्यकारी अध्यक्ष भाइचुङ भोटियाको दुईवटा माग

IMG-20220908-WA0183.jpg

गान्तोक: इनर लाइन परमिट (आईएलपी) को मागलाई यदि सबैले स्वागत गरिरहेका छन् भने ढिलाई किन गर्ने भनी हाम्रो सिक्किम पार्टीका कार्यकारी अध्यक्ष भाइचुङ भोटियाले प्रश्न गरेका छन्। तिनले आज जारी एउटा प्रेस विज्ञप्तिमा उक्त कुरा भनेका छन्। हाम्रो सिक्किम पार्टी (एचएसपी) का कार्यकारी अध्यक्ष भोटियाले विज्ञप्तिमार्फत दुईवटा माग पनि गरेका छन्। उनले एसकेएम सरकारलाई आगामी सात दिनभित्र विधानसभाको विशेष सत्र बोलाएर सिक्किममा आईएलपी लागू गर्न प्रस्ताव पारित गरिनु पर्ने माग गरेका छन्।
यसै गरी, भाजपा विधायकहरूले आगामी १५ अक्टोबरभित्र सिक्किममा आईएलपी लागू गर्न केन्द्रिय गृहमन्त्री अमित शाहलाई मनाउनु पर्छ भनी उनले माग गरेका छन्। जसरी मणिपुर राज्यले आईएलपीको माग नगरि शाहले त्यहॉं आईएलपी लागू गरेका छन्, सोही प्रकारले सिक्किममा पनि लागू गरिनु पर्छ भनी उनले माग गरेका छन्।
यस अतिरिक्त, भोटियाले हालैमा सम्पन्न भएको सिक्किम विधानसभामा विधायक डीआर थापाले आईएलपीको मुद्दा उठाएको र मुख्यमन्त्री पीएस तामाङले पनि यसलाई स्वागत जनाएकोमा खुशी व्यक्त गरे। उनले राज्यस्तरमा एसकेएम र भाजपाले एचएसपीको मागलाई स्वीकार गरेको कुरा पनि उल्लेख गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *