एनएच १० खोलाउन कार्य युध्द स्तरमा

IMG-20250719-WA0092

बेलुकीसम्म खोलिन सक्ने सम्भावना

हाईवे: आज पनि एनएच १० बन्द नै रहेको छ भने रोड खोलाउने कार्य युध्द स्तरमा चलिरहेको जानकारी प्राप्त भएको छ। आज बेलुकासम्म एनएच १० खोलिन सक्ने सम्भावना रहेको बताइएको छ। हिजो शुक्रबार बिहान लगभग ११.३० बजीतिर पैह्रो गएर एनएच १० बन्द भएको थियो।‌ एनएच १० अन्तर्गत बिरिक डाँडाको भूइँचालेमा पैह्रो झरेकोले राजमार्ग १० पूर्ण रुपले बन्द भएको थियो। तथापि बाटो खुलाउने प्रयास जारी रहेको छ।

राष्ट्रिय राजमार्ग १० बन्द भएपछि चालकहरु सडकमा नै सुत्न बाध्य बनेका थिए। सानो गाडीहरु वैकल्पी मार्ग भएर यातायात गररिरहेका छन् भने ठूला गाडीहरु भने राष्ट्रिय राजमार्ग १० खोलिने आशामा रहेका छन्। हिजोदेखि बन्द रहेको राष्ट्रिय राजमार्ग १० आज बेलुकीसम्म खोलिन सक्ने सम्भावना देखिएको छ।

रोड बन्द भएपछि टाडा टाडाबाट आएका ठूला गाडीहरुका चालकहरुले पत्रकारहरुलाई सम्बोधन गर्दै आफ्नो समस्याहरु र गुनासोहरु पोखाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement